+
+

ग्लोबल आइएमई बैंकको तानसेन र पूर्वखोला शाखाको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १५ गते १७:५९

१५ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार पाल्पाको पूर्वखोलास्थित तानसेन शाखा र पूर्वखोला शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।

शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन गर्दै गभर्नर नेपालले पाल्पा जिल्ला लगायत देशका अन्य जिल्लाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेख्य टेवा पुगेको बताए ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल ज्यूले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।

यससँगै मुलुकभर ग्लोबल आइएमई बैंकका १ सय ३३ शाखा विस्तार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?