Comments Add Comment

‘प्रेममा छैन, तर लभ म्यारिज नै गर्छु’: प्रियंका(भिडियो कुराकानी)

केही म्यूजिक भिडियोमा अभिनय गरेकी मोडल प्रियंका सिंह ठकुरी चलचित्र ‘गरुड पुराण’ मार्फत चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । माघको ४ गतेबाट रिलिज हुने यो चलचित्रमा प्रियंका मुख्य भूमिकामा छिन् । चलचित्रमा अरुसँग मन परेको कुरा लिनका लागि लागिपर्ने तर आफ्नो कुनै पनि सामान नदिने लोभी यूवतीको भूमिकामा उनी देखिएकी छिन् । प्रियंका यो चलचित्रले आफूलाई चलचित्र क्षेत्रमा चिनाउनेमा विश्वस्त छिन् ।

प्रियंकासँग गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः

उनै, प्रियंकाले अनलाइनखबरको ‘ओके र्यापिड फायर’मा रमाइलो जवाफ दिएकी छिन् । उनले, ‘सुन्दरी’ भन्ने शब्द सुन्ने वित्तिकै आफ्नो दिमागमा नायिका नम्रता श्रेष्ठ याद आउने बताइन् । नायिका प्रियंका कार्की भने आफूलाई ‘बोल्ड’ लाग्ने उनको भनाई छ ।

आशिरमान देशराज आफूलाई ‘ह्यान्डसम’ लाग्ने उनको भनाई छ । प्रियंकाले आफूलाई आफू ‘मायालु’ छु जस्तो लाग्ने उल्लेख गरिन् । प्रियंका आफूलाई तौल कम भएको खण्डमा निकै खुशी लाग्ने उल्लेख गरिन् । बेला बेलामा मोटाउने भएकाले कम तौल भएको समयमा खुशी लाग्ने उनको भनाई थियो ।

भगवानसँग एउटा मात्र बरदान माग्नुपर्यो भने के बरदान माग्नु हुन्छ भन्ने प्रश्नमा उनले भनिन्–‘जीवनमा सफल हुन पाउँ भनेर माग्छु ।’ प्रियंकाले आफू प्रेममा नरहेपनि लभ म्यारिज नै गर्ने ठोकुवा गरिन् । उनलाई लभ स्टोरी भन्दा कमेडी चलचित्र बढी मनपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment