+
+

श्रृंखला बनिन् राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडर

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १८ गते १७:२१

१८ पुस, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ब्राण्ड एम्बेसडरमा मिस नेपाल-२०१८ की विजेता श्रृंखला खतिवडा नियुक्त भएकी छिन् ।

बुधबार पत्रकार सम्मेलन गरी बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको जानकारी दिएको हो ।

बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय बाािण्ज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढिरहेकाे व्यवसाय प्रवर्द्धनमा अझ बलियाे बन्न खतिवडालाई नियुक्त गरेको बताए ।

सो कार्यक्रममा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले आफु सरकारी स्वामित्वमा रहेकाे वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी भएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?