Comments Add Comment

यस्ता छन् स्वाईन फ्लुबाट बच्ने पाँच उपाय

केही दिन यता ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने समस्या बढेको छ । कतिपय यही लक्षणका कारण अस्पताल समेत भर्ना हुनुका साथै थप जटिलताका कारण आइसीयुमा समेत पुग्ने  गरेका छन् । यस्ता बिरामीहरुमा फ्लु भाइरसको संक्रमण पनि देखिएका छन्, अहिले यसको मौसम सिजन पनि हो ।

यसमा एच.वान.एन.वान पीडीएम २००९ अर्थात् सर्बसाधारणले स्वाइन फ्लु को नामले चिनिने फ्लुको संक्रमण देखिएको छ । स्वाइन फ्लु ले हाल छिमेकी देश भारतमा पनि ठुलो प्रभाब पारेको देखिन्छ । यसको खासै बिशेष औषधी नहुने भएकोले यसबाट बच्ने उपायहरु अपनाउनु नै उपयुक्त हुन्छ । यस भाइरसबाट बच्ने ५ उपायहरु यस्ता छन्ः

१. बुढापाका खासगरी ६५ बर्ष उमेर माथिकाहरुले आफ्नो परिवारमा बयस्क उमेरका सदस्य वा छिमेकीले खोकी ज्वरो आउँदा घरेलु उपायहरु जस्तै बाफ लिने, तातो पानी प्रशस्त पिएर स्वस्थ लाभ भयो भन्दैमा त्यहि अनुसरण नगरौ । तुरन्त चिकित्सकको सल्लाह लिएर आवश्यकता अनुसार औषधी लिने ।

२. फ्लु बिरुद्धको खोप लिने। यसले फ्लुबाट उत्पन्न हुन सक्ने जटिलताबाट बचाउँछ । तर खोप भने बिश्व स्वास्थ्य संगठनले सिफारिस गरेको खोप हो वा होइन भन्ने जानकारी लिएर लगाउँदा बढी प्रभावकारी हुन्छ ।

डा.शेरबहादुर पुन

३.फ्लु फैलिएको अवधिभर घर बाहिर हुदाँ नाक, मुख आँखामा बारम्बार हात लगाउनु हुँदैन । फ्लु संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा कुनै बस्तु वा सतहमा फ्लु भाइरस केहि घन्टासम्म जीवित रहने र सो सतहमा हातले छुदाँ हात संक्रमित हुन् सक्छ ।

४. फ्लु फैलिएको अवधि भर दिर्घरोगीहरु खासगरी अंग प्रत्यारोपण गरेका, श्वास-प्रश्वासका बिरामीहरु जस्तै दम वा सीओपीडी भएकाहरु सभा, बैठक, भेलाहरुमा सकेसम्म सहभागी वा सरिक नहुने। धेरै फ्लु संक्रमित व्यक्तिहरु लक्षण बिहिन हुन सक्दछ, तर त्यस्ता संक्रमितहरुले कम्तिमा पनि एक हप्ता सम्म फ्लु भाइरस बाहिरी वातावरण हावामा बोल्दा फ्याकिरहेको हुन् सक्छ, जसले नजिकै रहेको व्यक्तिलाई सहजै आक्रमण गर्न सक्दछ ।

५. बाहिरबाट काम गरेर फर्किएपछि साबुन पानीले राम्ररी हात धुनु पर्छ । यसले आफुलाई मात्र नभई घरमा भएका अरु परिवारका सदस्यहरु बिशेष गरेर ससाना बालबालिका, दिर्घरोगीहरु, र जेष्ठ नागरिकलाई पनि संक्रमण हुनबाट बचाउन सकिन्छ । वास्तवमा, घरका युवाहरु शारीरिक रुपमा बढी क्रियाशील हुने र बाहिर काममा पनि उनीहरु नै व्यस्त हुने भएकोले उनीहरु मार्फत संक्रमण घरसम्म आइपुग्ने सम्भावना बढी हुन्छ । तर फ्लुको जटिलता युवाहरुमा भन्दा पनि ती घरमा भएका ती दिर्घ रोगीहरु वा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई हुने भएकाले व्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment