Comments Add Comment

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

१८ पुस, काठमाडौं । संसदिय सुनुवाइ समितिले विभिन्न पाँच देश तथा नियोगका लागि प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी आह्वान गरेको छ ।

बुधबार बसेको बैठकले प्रस्तावित राजदुतहरुविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिको सिफारिस गरेको थियो ।

यस्तै, दुर्गाप्रसाद भण्डारी कुवेतका लागि नेपाली राजदूतमा, भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा, मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

उजुरीका लागि १० दिनको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment