Comments Add Comment

नागढुंगाबाट भन्सार छलीका सामान बरामद

१८ पुस, काठमाडौं । प्रहरीले काठमाडौंको प्रवेशविन्दू नागढुंगाबाट भन्सार छली ल्याइएको २ लाख रुपैयाँका सामान बरामद गरेको छ ।

चन्द्रागिरि २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा सवारी चेकजाँचमा खटिएको प्रहरी टोलीले २ लाख २० हजार रुपैय रुपैयाँ बराबरको भन्सार छलीको चुरोट, रजनी गन्धा, सुर्ती, लत्ताकपडा, खेलकुद सामाग्रीलगायत बरामद गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार बरामद सामानको धनी फेला परेको छैन । सामानहरुबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान बुझाइएको डिएसपी थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment