Comments Add Comment

त्रिभुवन विमानस्थल विज्ञापनमुक्त बन्दै, सुरुआत प्रस्थान कक्षबाट

१९ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रलाई विज्ञापन र होडिङबोर्ड मुक्त गर्ने काम सुरु भएको छ । ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणाअनुसार विज्ञापनिक प्रयोजनमा राखिएका बोर्डहरु हटाउन सुरु गरिएको हो ।

पहिलो चरणमा विमानस्थलको डिपार्चर (प्रस्थान)तर्फको एक र दुई कक्षहरुको सबै विज्ञापन हटाइएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए ।

उनले अब क्रमैसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विज्ञापन मुक्त गर्ने योजना रहेको सुनाए ।

विमानस्थलमा अहिले प्रवशे गर्नासाथै ठूला-ठूला होडिङ बोर्डहरु यत्रतत्र अव्यववस्थित तवरले राखिएका छन् । टर्मिनल भवनहरुभित्र पनि विभिन्न कम्पनीका बोर्डहरु राखिएका छन्, जसले विमानस्थल नै विज्ञापनस्थल जस्तो बनेको छ ।

‘यस्ता विज्ञापनबाट विमानस्थलले थोरै त कमाउँछ, तर यसलेे विमानस्थलको शोभा पुरै हराएको छ,’ क्षेत्रीले भने,’अब क्रमैसँग सबै विज्ञापनवाला बोर्डहरु हटाउँछौं ।’

त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा विकास गर्न भन्दै पछिल्लो समयमा सुधारका काम सुरु भएका छन् । तर, ठ्याक्कै विमानस्थल कस्तो बन्छ भन्ने ठोस अवधारणा तयार भएको छैन ।

तर, विज्ञापनहरु हटाउँदै विमानस्थलको सुधारलाई तीव्र रुपमा अघि बढाउने क्षेत्री बताउँछन् । होडिङ बोर्डले विमानस्थललाई कुरुप बनाएकोले यसलाई हटाउन पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयले प्रयत्न थालेका हुन् ।

अव विस्तारै विमानस्थललाई बुटिक ‘एयरपोर्ट’ बनाउने गरी सुधारको कामहरु अघि बढाइने दावी विमानस्थल कार्यालयको छ । अहिले विमानस्थलमा नयाँ कार्पेटिङ गरेर विभिन्न किसिमबाट मौलिक तवरको सजावटहरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment