+
+

नेपाल बङ्गलादेश बैंकको ८१ औं शाखा काठमाडाैंको मैतिदेवीमा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १९ गते १८:२३

१९ पुस, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले काठमाडौँ महानगरपालिका ३०, मैतिदेवीमा आफ्नो ८१ औं शाखा संचालनमा ल्याएको छ । विहिवार एक कार्यक्रमका विच उक्त शाखाको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी तथा बैंकका संचालक ईन्द्र बहादुर थापाले गरे ।

कार्यक्रमा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेल, दिपक कार्कीका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा बैंकका अन्य कार्यकारी अधिकृतहरुको उपस्थिति थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिएका थिए ।

मैतिदेवी शाखा सहित बैंकले ८१ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ६३ वटा एटिएमद्धारा आफना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?