+

ए डिभिजन लिगको अन्तिम राउण्डको खेलतालिका परिवर्तन, मनाङको खेल २४ गते

२०७५ पुष  २० गते १७:२८ २०७५ पुष २० गते १७:२८
ए डिभिजन लिगको अन्तिम राउण्डको खेलतालिका परिवर्तन, मनाङको खेल २४ गते

२० पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम तथा १३ औं राउण्डको खेल तालिका परिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नयाँ खेलतालिका सार्वजनिक गगरेको हो । एन्फाले बिहीबार सार्वजनिक गरेको खेल तालिकामा दुई खेल अघि नै ए डिभिजन लिगको उपाधि जितिसकेको मनाङ मर्स्याङ्दी क्बलले फ्रेन्ड्स क्लबसँग पुस २२ गते प्रतिस्पर्धा गर्ने भएको थियो । तर अब नयाँ खेल तालिका अनुसार मनाङले लिगको अन्तिम दिन अर्थात पुस २४ गते फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

मनाङले अन्तिम दुई खेल खेल्नु अघि नै ए डिभिजन लिगको उपाधि उचाली सकेको थियो । मनाङ १२औं खेलसम्ममा अपराजित रहेको छ । शतप्रतिशत जित हात पार्दै ३६ अंक बनाएको मनाङले अन्तिम खेलमा पनि जित हात पार्दै एक खेल नहारी लिग जित्ने लक्ष्यमा रहेको छ ।

यता, फ्रेन्ड्स क्लब भने आफ्नो अन्तिम खेलमा मनाङलाई रोक्दै अन्तिम दुईमा पर्नबाट बच्ने दाउँमा रहेको छ । लिगको १२औं स्थानमा रहेको फ्रेन्ड्स क्लबको ९ अंक रहेको छ ।

नयाँ खेल तालिका अनुसार अन्तिम दिन २४ गते अर्को खेलमा न्युरोड टिम (एनआरटी) क्लबले ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

परिवर्तित मिति अनुसार अब थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबसँग पुस २२ गते प्रतिस्पर्धा गर्नेछ । तेस्रो स्थान हासिल गर्न थ्रीस्टारलाई जित अनिवार्य रहेको छ । थ्रीस्टारले जित हात पारे ए डिभिजन लिगमा तेस्रो स्थान हाशिल गर्ने छ । त्यस्तै, यही दिन आर्मी क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

लिगकै अन्तिम चरणका खेलहरुमा पुस २१ गते जावलाखेल युथ क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, यही दिन सरस्वती युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय