Comments Add Comment

भारत–अस्ट्रेलिया टेस्ट : अन्तिम दिनमा होला त हारजित ?

२२ पुस, काठमाडौं । भारतसँगको अन्तिम टेस्टको अन्तिम दिन अस्टे«लिया ३ सय १६ रनले पछि छ । भारतको बलिङ चल्ने छ या अस्ट्रेलियाको ब्याटिङ आइतबार अन्तिम दिन रोचक स्थितिमा खेल छ ।

टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ६ सय २२ रन बनाएर ७ विकेट जाँदा ब्याटिङ छाडेको थियो । अस्ट्रेलियाले आफ्नो पहिलो इनिङमा ३ सय रन बनाउँदा सबै विकेट गुमायो ।

पहिलो इनिङकै रनबाट ३ सय २२ रनले अघि रहेको भारतले फलो अन दिएपछि अस्ट्रेलियाले चौथो दिनको अन्तिममा ब्याटिङ गर्दै ६ रन बनाएको थियो । अस्ट्रेलिया आफ्नै मैदानमा ३१ वर्षपछि फलो अनमा परेकाले पनि दबावमा छ । १९८८ मा इंग्ल्याण्डले अस्ट्रेलियाकै मैदानमा फलो अन दिएपछि यसपटक भारतले त्यही अवस्था दोहोर्‍याएको हो ।

अस्ट्रेलियाका उसमान ख्वाजा र मार्कस ह्यारिस क्रिजमा छन् । पहिलो टेस्टमा भारत ३१ रनले विजयी भएको थियो । दोस्रो टेस्ट अस्ट्रेलियाले १ सय ४६ रनले जित्यो । तेस्रोमा भारत १ सय ३७ रनले विजयी भएकाले आइतबार अन्तिम टेस्टको अन्तिम दिन सिरिजकै फैसला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment