Comments Add Comment

पूर्वाञ्चलका इलेक्ट्रिसियनलाई अन्नपूर्ण केबलले दियो एकदिने तालिम

२२ पुस, बिराटनगर । अन्नपूर्ण केबलले पुर्वाञ्चलका इलेक्ट्रिसियनलाई एकदिने तालीम दिएको छ ।

इटहरीमा भएको एक दिने तालिममा घर निर्माणसंगै घर लाई सुरक्षीत बनाउनका लागी विद्युतको सप्लाई महत्वपूर्ण हुने भएकाले एक दिने प्रशिक्षण गराएको हो ।

पछिल्लो समयमा विद्युतको तार सर्ट भएर घरमा आगलागी हुने र घर क्षति भएकाको घटना बढेको भन्दै आगलागी हुनबाट जोगाउन विद्युतिय वायरको पनि त्यतीनै ठुलो भुमिका हुने अन्नपुर्ण कम्पनीको दावी छ ।

अन्नपुर्ण केबलले तारमा आगो नलाग्ने गि्रन गोल्ड वायर एण्ड केबल समेत बजारमा ल्याएको जनाएको छ ।

इटहरीमा भएको एकदिने प्रशिक्षण कार्यक्रममा उक्त आगो नलाग्ने तारको विषयमा समेत जानकारी गराइएको कम्पनीले जानकारी दिएको छ ।

डबल टुइस्ट गरेको तार भएकोले विद्युत सर्ट भई लाग्ने आगोमा नियन्त्रण गर्ने उक्त गि्रन गोल्ड तारमा क्षमता रहेको समेत कम्पनीले जानकारी दिएको छ ।तालीममा पुर्वाञ्चलका दुइ सय इलेक्ट्रिसियन सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment