Comments Add Comment

काठमाडौंको मध्यक्षेत्रमा विजुली आपूर्ति प्रभावित

२३ पुस, काठमाडौं । सिंहदरबारस्थित के-३ सबस्टेसनमा भृकुटीमन्डप फिडरको केबल पडि्कएको छ । जसका कारण उत्पन्न प्राबिधिक गडबडीले पुतलीसडक, भृकुटीमन्डप, सिंहदरबार लगायतका ११ केभी फिडरहरुबाट विद्युत आपूर्ति हुने स्थानहरुमा बिजुली कटिएको छ ।

प्राधिकरण्का प्रवक्ता प्रवल अधिकारीका अनुसार अहिले नै मर्मत कार्य सुरु भएको छ । पछिल्ला समयमा काठमाडौंमा ट्रान्सर्फमर पडि्कने, सबस्टेसनमा समस्या आउने क्रम बढेको छ ।

विशेष गरी पुराना ट्रान्सर्फमरमा समस्या आउने गर्दा विजुलको आपूर्ति कहिलेकाँकी प्रभावित हुने गरेको छ । प्राधिकरणले समस्या आउनासाथै फिल्डमा खटिन र समाधानका प्रयास गर्न आफ्ना वितरण केन्द्रहरुलाई निर्देशन दिएको छ ।

प्राधिकरणले पुराना गुणस्तरहीन ट्रान्सर्फमर फेर्ने गरी नयाँ ट्रान्सर्फमरहरु पनि ल्याउँदैछ । प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणालीलाई विश्वसनीय बनाउने काममा प्राधिकरण लागिसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment