Comments Add Comment

श्रीलंकामाथि न्युजिल्यान्डको क्लिन स्वीप, टायलर र निकोलसको शतक

२४ पुस, काठमाडौं । श्रीलंकासँगको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा न्युजिल्यान्डले क्लिन स्वीप गरेको छ ।

अन्तिम तथा तेस्रो खेलमा श्रीलंकालाई ११५ रनले पराजित गर्दै न्युजिल्यान्डले सिरिज जितेको हो । ३६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४१.४ ओभरमा सबै विकेटको क्षतिमा २४९ रन मात्रै बनाउन सक्यो ।

श्रीलंकाका लागि थिसरा परेराले ८० रन बनाए । त्यस्तै, निरोशान डिक्वेल्लाले ४६ र कुशल परेराले ४३ रन बनाए ।

श्रीलंकालाई सस्तैमा समेट्नका लागि न्युजिल्यान्डका लोकिइ फेगुसनले चार विकेट लिए । त्यस्तै, इश सोधीले तीन विकेट लिए ।

नेल्सनमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा ३६४ रन बनाएको थियो । न्युजिल्यान्डको विशाल स्कोरमा दुई जना खेलाडीले शतक प्रहार गरे ।

रोस टायलरले १३७ रन बनाउँदा हेनरी निकोलसले अविजित १२४ रन बनाए ।

टायलरले १३१ बलमा ९ चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै, निकोलसले ८० बलमा १२ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान केन विलियम्सनले ५५ रन बनाएका थिए ।

बलिङतर्फ लासिथ मालिंगाले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment