Comments Add Comment

जलेर महिलाको मृत्यु

२५ पुस, महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका  ५ बैरामा बुधबार बिहान आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ४ बजे आगो लाग्दा जलेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२५ वर्षीया शान्तिदेवी साहको मृत्यु भएको डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।  आगलागीको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको खड्काले बताए । शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाएको छ ।

त्यस्तै जलेश्वर नगरपालिका ७ स्थित बख्री चोकमा बसमा आगलागी भएको छ । आगलागीबाट ना ८ ख ३३१६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ । बस बेल्डिङ  मर्मत गर्ने क्रममा आगलागी भएको हो । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment