Comments Add Comment

‘अनागत’ भित्र प्रियंका र अर्पणको झगडा

शंकाका कारण एउटा परिवारमा उत्पन्न हुने झगडाको कथालाई प्रस्तुत गरेको चलचित्र ‘अनागत’ माघ ११ गतेबाट रिलिज हुँदैछ । छायांकन भएको करिब ३ बर्षपछि यो चलचित्र हलमा रिलिज हुन लागेको हो । निर्देशक साम्तेन भुटियाका अधिकांश चलचित्रको रिलिजमा यस्तै समस्या देखिएको छ ।

चलचित्रमा नायिका प्रियंका कार्की र नायक अर्पण थापा श्रीमान्–श्रीमतिको भूमिकामा देखिएका छन् । साथमा, चलचित्रमा प्रविण खतिवडा, रोसिन सुवेदी लगायतको अभिनय छ । चलचित्रलाई सस्पेन्स–थ्रीलर कथामा तयार पारिएको जानकारी पत्रकार सम्मेलनमा गराइयो ।

चलचित्रमा सिसन बानियाँको छायांकन, चन्द्र कुमार झाको कथा, प्रवचन श्रेष्ठ र साम्तेन भुटियाको पटकथा छ । निर्देशक भुटियाले चलचित्रले सस्पेन्स थ्रिलरको कथा भन्ने बताए । चलचित्रका मुखय कलाकार अर्पण थापाले एउटा सन्तुलित आर्टिस्ट असन्तुलित भएपछि उब्जिने अवस्थालाई चलचित्रमा चित्रण गरिएको बताए । नायिका प्रियंका कार्कीले आफूलाई दर्शकले गृहिणीको भूमिकामा देख्न पाउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment