Comments Add Comment

माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः २०१५ प्राप्त

२६ पुस, काठमाडौं । माछापुच्छ्रे बैंक आईएसओ ९००१ः २०१५मान्यताप्राप्त बैंकिङ्ग संस्था बनेको छ ।

उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस/युकेद्वारा प्रदान गरिएको हो ।

आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्दि्रत कार्यशैली, उच्च तहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारीता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ ।

आईएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भूमिका निर्वाह गर्छ ।
बैंकको ग्राहक केन्दि्रत योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्य क्षेत्रको सफलअभ्यास र सबल प्रयासले गर्दा उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्तगर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment