Comments Add Comment

प्रदेश सांसदले भने : पर्यटनमन्त्रीलाई निलम्बन नगरे लुम्बिनीमा बहिस्कार

२९ पुस, बुटवल । प्रद्येश ५ का सांसदले वाइडबडी खरिद प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई निलम्बन गर्नुपर्ने माग गरेका छन् ।

आइतबारको प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेस सांसद फकरुद्धिन खानले मन्त्री अधिकारीलाई निलम्बन गर्न माग गरेका हुन् । मन्त्री अधिकारी लुम्बिनी विकास कोषको पदेन अध्यक्ष समेत भएका र आफू पनि लुम्बिनी क्षेत्रको सांसद भएकाले कोष जस्तो पवित्र संस्थाको अध्यक्ष वाइडबडी विमान खरिदको अनियमिततामा मुछिएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखे ।

उनले राजीनामा नगरे प्रधानमन्त्रीले हटाउनुपर्ने पनि सांसद खानले बताए । अनियमितताको प्रश्न टुंगो नलागेसम्म निलम्बन र राजीनामा नभए मन्त्री अधिकारीलाई लुम्बिनीका जनताले बहिस्कार गर्ने चेतावनी दिए । ‘अन्तिम छानबिनमा निर्दोष देखिए फेरि पदमा पुनर्वहाली पनि हुन सक्नुहुन्छ तर त्यो नहुँदासम्म लुम्बिनीवासीले उनलाई यहाँ हुने कार्यक्रममा अध्यक्षता गर्न दिदैनन्, बहिस्कार गर्छन्’–उनले भने ।

सांसद खानले प्रदेशसभा सचिवालय र प्रदेशका विभिन्न मन्त्रालयले बजार मूल्य भन्दा महंगोमा गाडी खरिद गर्नु निन्दनीय भन्दै अविलम्ब सत्यतथ्य बाहिर ल्याउन माग गरे । ‘प्रदेश सरकार बामे सर्दैगर्दा गाडी खरिदमा अनियमितताको कुरा आउनु दुखद र निन्दनीय छ’ उनले भने ।

कांग्रेसकै सांसद वीरबहादुर रानाले मुख्यमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलता भन्दै आए पनि गाडी खरिदमा अनियमतिताको प्रश्नले चिन्ता उब्जिएको बताए । उनले मन्त्रीहरु सानातिना कार्यक्रम उद्घाटन गर्न र माला लगाउन हिंड्नमै समय खर्चेको भन्दै यस्तो परिपाटी रोक्न माग गरे । उनले सिद्धार्थ राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले मर्मत सम्भार गर्न र खानी दोहन नियमन गर्न माग गरे ।

नेकपा इन्द्रप्रसाद खरेलले राजधानी नामाकरण र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समितिमा छुटेका जिल्लालाई पनि समेट्न माग गरे ।

नेकपाकै तिलकराम शर्मा र लौटी थारुले पुस २३ गते राति बर्दियाको गुलरिया नगरपालिका ५ का सैनिक जवान नरबहादुर बोहराले श्रीमती सुष्मा बोहरालाई यातना दिएर हत्या गरेको भन्दै कडा कारबाहीको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment