Comments Add Comment

औपचारिक कार्यक्रममा समयको बर्बाद नगरौं : मुख्यमन्त्री पौडेल

२९ पुस, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले औपचारिक कार्यक्रम झन्झटिलो र भद्दा गरेर समयको बर्बादी नगर्न आग्रह गरेका छन् ।

एउटै विषयमा दशौं जनाले घण्टौंसम्म एउटै कुरा भनिरहने अनि उपस्थितले ताली पिटिरहने काम समयको बर्बादी मात्रै भएकाले त्यसलाई सच्याउनुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले कार्यक्रममा सम्बन्धित वक्ताले आवश्यक कुरा मात्र राख्ने र सम्बोधनको परम्परागत तरिकालाई पनि सच्याउनुपर्ने बताए ।

हेटौंडाको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समयको महत्व बुझिदिन अनुरोध गरे । मुख्यममन्त्री पौडेलले औपचारिक कार्यक्रममा विदेशी वस्तुहरूको प्रयोग गरेर देशको लाखौँ करोडौं नेपाली मुद्रा बाहिर पठाइनु देशको हितविपरीत भएको पनि बताए ।

‘हामी कार्यक्रममा पाहुनालाई स्वागत गर्न विदेशबाट फूल, खादा र माला मगाएर प्रयोग गरिरहेका छौं । यसले हामीलाई र हाम्रो देशलाई राम्रो गर्दैन, हामीलाई झन् गरीब बनाउँछ’, उनले भने, ‘परनिर्भरता त्याग्न र आत्मनिर्भर हुन पनि म सबैलाई अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment