Comments Add Comment

मालवरसिंह थापा मगर र लाफा मगर सम्मानित

३० पुस, सुर्खेत । मगर जातिको ठूलो पर्व माघेसंक्रान्तिको अवसरमा नेपाल मगर संघ सुर्खेतले पूर्वमन्त्री मालवरसिंह थापा मगर र सञ्जोग लाफा मगरलाई सम्मान गरेको छ ।

नेपाल मगर संघ (नेपाल लाङ्घाली परिवार) स्थापना, पुस्तकमार्फत मगर जातिको इतिहास उत्खनन गर्नुका साथै संघीयता, धर्म निरपेक्षता, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भन्ने राजनैतिक विचारको सूत्रपात गरी मगर जातिको मुक्ति र अधिकारकोे लागि पु¥याएको योगदानका लागि उनलाई सम्मान गरिएको हो ।

अर्का सम्मानित सञ्जोग लाफा मगरलाई मगर साहित्यमा प्रथम उपन्यास ‘रेवस’ (चलन–२०५१) लेखेर मगर साहित्यको विकासमा योगदान पुर्‍याएको र चलचित्रको माध्यमवाट मगर जातिको जीवनदर्शनलाई गौरवमय तुल्याउन काम गरेको आधारमा सम्मान गरिएको हो ।

थापा मगरलाई मगर रत्न र उपाधी दिइएको छ भने लाफा मगरलाई मगर जातिको अभिन्यताले चिनिन्छ । उनीहरुलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment