Comments Add Comment

तुलसीपुर उपमहानगरमा प्लाष्टिक निषेध

१ माघ, दाङ । तुलसीपुर उपमहानगरपालिकालाई माघ १ गतेबाट प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ । पहिलो चरणमा २० माइक्रोनभन्दा कम तौलका प्लाष्टिकका झोला प्रयोगमा बन्देज लगाइएको छ । प्लाष्टिकका गिलास, थाल, प्लेट र कचौरा समेत प्रयोग गर्न पाइने छैन ।

तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्न लागि उपमहानगरले विगतदेखि नै विभिन्न अभियान सञ्चालन गर्दै आएको बताउँदै नगरप्रमुख घनश्याम पाण्डेले प्लाष्टिक झोलामुक्त अभियान पनि त्यसैको निरन्तरता भएको बताए ।

उपमहानगरलाई वातावरणमैत्री नगर बनाउनका लागि यस्तो घोषणा गरिएको उनको भनाइ छ । ‘प्लाष्टिकले वातावरण प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भिर असर पार्ने भएकाले यस्तो घोषणा गरिएको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment