Comments Add Comment

माछापुच्छ्र्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच त्रिपक्षीय सम्झौता

१ माघ, काठमाडौं । माछापुच्छ्र्रे बैंक, टाइम्स रेमीट र एएमभी टेल कम्पनी बीचबैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमीट र एएमभी टेलको तर्फबाट क्रमशः प्रबन्ध निर्देशक अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे ।

यस समारोहमा टाइम्स रेमीटका महा प्रबन्धक सुदन सिंह सिलवालको पनि उपस्थिती रहेको थियो ।

सम्झौताअनुसार माछापुच्छ्र्रे बैंकका ग्राहक एवंमसर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्नो आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन् ।

साथै डोमेस्टिक रेमिटेन्सर बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफूले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् ।

यस रेमिटएप आईओएस तथा एन्ड्रोएड दुबै अपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment