Comments Add Comment

संकटा खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश

१ माघ , काठमाडौं । संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ‌

धनगढी रंगशालामा आज भएको क्वार्टरफाइनलमा दाउफिन्स फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा विदेशी खेलाडी एलोन म्याक्श्वेलले निर्णायक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालको पासमा म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा लक्ष्मण रुचालले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार गोलरक्षक गुर्लाउन्सले बचाए ।

५३ औं मिनेटमा टिनाको क्रसमा नियाले ६ यार्ड बक्सभित्रबाट गरेको हेडर क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । खेलको दुई मिनेट समय बाँकी रहँदा जुनियरको पासमा टिनाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

संकटाले अब बिहीबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लब र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग खेल्ने छ ।

मोफसलकै सर्वाधिक पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment