Comments Add Comment

महिला क्रिकेटमा नेपाल समूह विजेता, थाइल्यान्डका ११ खेलाडीले जोडे जम्मा १२ रन !

२ माघ, काठमाडौं । थाइल्यान्डमा जारी महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

टर्डथाइ क्रिकेट मैदानमा नेपालले आयोजक थाइल्यान्डको ए टिमलाई ९ विकेटले पराजित गर्दै समूह ए को विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले १५.४ ओभरमा सबै विकेटको क्षतिमा १९ रन मात्रै बनाउन सक्यो । थाइल्यान्डका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

अझ अचम्म लाग्दो नेपालका धारिलो बलिङ सामु थाइल्यान्ड ए का सबै खेलाडीले बनाएको रन जोड्ने हो भने १२ मात्रै हुन्छ । उसले अतिरिक्त ७ रन पाएको थियो । कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् । उसका लागि थान्चानोक फुप्लुकले बनाएको चार रन नै सर्वाधिक हो । थाइल्यान्डका पाँच जना खेलाडी शून्य रनमा आउट हुदा ६ जना खेलाडीले मात्रै रन बनाएका थिए ।

नेपालका लागि आरती विडारीले ३, सरिता मगर र इन्दु बर्माले समान २–२ विकेट लिएका थिए ।

२० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३.३ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि ममता चौधरीले आठ रन बनाउँदा नेरी थापाले अविजित ५ र डोली भट्टले अविजित दुई रन बनाए ।

समूह ए मा नेपाल, थाइल्यान्ड ए, युएई, चीन र मलेसिया रहेका छन् । त्यस्तै, समूह बी मा थाइल्यान्डसँगै हङकङ, भुटान, इन्डोनेसिया र म्यानमार रहेका छन् ।

समूह चरणमा नेपालले शतप्रतिशत जित हात पारेको छ । यसअघि खेलेको तीनै खेलमा नेपालले जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । त्यस्तै, नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा युएईलाई पनि ६ विकेटले नै पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment