Comments Add Comment

प्रदेश १ संसदको हिउँदे अधिवेशन माघ २० गतेदेखि

२ माघ, विराटनगर । प्रदेश १ सरकारले हिउँदे अधिवेशन माघ २० गते आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले स्थायी राजधानी र नाम तोक्ने गरी प्रदेश संसदको हिउँदे अधिवेशन माघ २० गतेबाट आह्वान गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले हिउँदे अधिवेशन आह्वान गर्ने व्यवस्था छ । प्रदेशसभाको बर्खे अधिवेशन गत असोज तेस्रो साता अन्त्य गरिएको थियो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन विकास सम्बन्धी विधेयकलाई संसदमा पेस गर्न पनि अनुमति दिएको छ । त्यस्तै कोशी रिफ्रेसमेन्ट परियोजनाको बजेट र सामाजिक विकास मन्त्रालयको योजना तथा सञ्चालन कार्यविधि २०७५ लाई मन्त्रिपरिषद्ले स्वीकृति गरेको छ ।

प्रदेश सरकारले सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा रिफ्रेसमेन्ट सेन्टर सञ्चालनको तयारी गरिरहेको छ ।

बैठकले प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्रालयको मन्त्रालय र मातहतका निकायबाट विनियोजित कार्यक्रम बजेट कार्यान्वयन गर्न निर्देशिका र कार्यविधि पेस गर्ने स्वीकृति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment