+
+
Shares

इलाम पुगेर योगेश भट्टराईले भने- डा. केसीलाई कम्युनिस्ट फोबिया भयो !

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ३ गते ०:३०

२ माघ, इलाम । नेकपाका युवा नेता एवं सांसद योगेश भट्टराई बुधबार इलाम आइपुगेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अनसनरत डा. गोविन्द केसीको खरो आलोचना गरे ।

चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. गोविन्द केसी इलाममा अनसन बसेको भट्टराईले बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका भट्टराईले विधेयकमा डा. केसीका अधिकांश मागहरु पूरा भएको दाबी समेत गरे ।

उनले भने- ‘माग पूरा भएकोमा फूलमाला लगाएर बधाइ थाप्नुपर्नेमा डा. केसी इलाममा आएर खुसुक्क अनसन बसेका छन् । काठमाण्डौं आउनुस् डा. साब, हामी फूलमाला लगाएर बधाइ दिउँला ।’

प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्तरुपमा आयोजना गरेको चिकित्सा विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले डा. केसीले कांग्रेसको एजेण्डा बोकेको आरोप लगाए ।

‘डा. केसी र कांग्रेसमा भिन्नता छैन, उहाँ कांग्रेससँग मिलेर सरकारलाई घेराबन्दी गर्न खोजिहनुभएको छ’ नेता भट्टराईले भने, ‘उहाँ व्यावसायिकभन्दा पनि कम्युष्टिको घोर विरोधी हो । उहाँलाई कम्युनिष्ट फोबिया छ ।’

चुनावका बेला डा. केसी चारतारे झण्डा बोकेर भोट माग्न हिँडेकाले उनी तटस्थ नभएको पनि उनले जिकिर गरे ।

त्यसैगरी चिकित्सा शिक्षासँग साइनो नजोडिएको द्वन्द्वकालीन मुद्दालाई समेत डा. केसीले अगाडि बढाएको भन्दै नेता भट्टराईले ती मुद्दाहरु बोक्न जरुरी नभएको बताए ।

द्वन्द्वकालीन मुद्दा हेर्नका लागि आयोगहरु बनाइएकाले प्रक्रियागतरुपमा समस्या समाधान हुने उनले बताए ।

डा. केसीसँग विगतमा भएका सम्झौताहरु नै अहिलेको विधेयकमा समावेश भएको र सम्झौताभन्दा बाहिरका व्यवस्थाहरु अझै राम्रो गर्नका लागि ल्याएको नेता भट्टराईले बताए ।

‘डा. केसीले नभनेका राम्रा काम गर्नै नहुने भन्ने होइन होला नि ?’ नेता भट्टराईले भने, ‘विधेयक हेर्नै नपाई डा. केसी अनसन बस्नुभएको छ, बुझ्नेवित्तिकै उहाँले आफैं अनसन तोड्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?