Comments Add Comment

‘नेशनल म्याथम्याटिकल क्वीज’ माघ १० गते

७ माघ, काठमाडौं । नेपाल गणित समाजको आयोजनामा देशव्यापी ‘नेशनल म्याथम्याटिकल क्वीज’ प्रतियोगिता आयोजना हुँदैछ । पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिता यही माघ १० गतेदेखि तीन दिनसम्म चल्नेछ ।

भक्तपुरको गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा प्रतियोगिता आयोजना हुने छ । प्रतियोगितामा कक्षा ११ र १२ का ६४ वटा टिम सहभागी हुने नेपाल गणित समाजका सहसचिव जीवन काफ्लेले जानकारी दिए ।

विजेतालाई छात्रवृत्ति, ल्यापटप, नगद पुरस्कार, गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ ।

गणित विषय गाह्रो छ भन्नेहरुलाई सहज बनाउन र गणित विषयमा रुचि बढाउन यस्तो कार्यक्रम आयोजना गरिएको काफ्लेले बताए । यस्ता कार्यक्रम आगामी दिनमा प्रदेशस्तरमा पनि आयोजना गरिने समाजको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment