Comments Add Comment

सौका समुदायले देउसीभैली खेलेर गबला पर्व मनाउँदै

७ माघ, दार्चुला । सौका समुदायले आज (सोमबार) गबला पर्व मनाउँदैछन् । दार्चुलामा मात्रै रहेका सौका समुदायले हरेक वर्ष पुस शुक्ल पूणिर्माका दिन मनाउने गबला पर्व उनीहरुको सबैभन्दा ठूलो पर्व हो ।

सौका समुदायभित्र पनि ब्याँसी सौकाहरुले उत्साहकासाथ यो पर्व मनाउने गरेको व्याँस गाउँपालिका-१ शोभा तिंकरीले बताए ।

सौका समुदायमा गबला देवताको पूजाआजा अर्थात् गबला पर्व मनाए पश्चात् मात्रै विबाह ब्रतबन्ध जस्ता शुभकार्य गर्ने परम्परा रहेको व्याँसकै अर्का स्थानीय सोनिका तिंकरीको भनाइ छ ।

गबला पर्ब मनाउनुपूर्व साइत जुराएर धच्र्यु चुमो गर्ने परम्परा रहेको छ । सौका समुदायको भाषामा धच्र्यू चुमो भनेको बाँसको लिंगोमा ध्वाजा लगाएर घरघरमा ठड्याउने गरिन्छ अर्थात् स्थापना गर्ने परम्परा रहेको छ ।

व्याँसी सौका समुदायको ठूलो पर्वका रुपमा मनाइने गबला पर्वको अर्को मुख्य विशेषता भनेको माघ महिनामा देउसीभैलो खेल्नु हो ।

हिन्दु धर्मालम्बीहरुका अन्य समुदायमा तिहारका बेला दिपावलीको अवसरमा खेल्ने देउसीभैलो सौका समुदायले गबला पर्बका अवसरमा खेल्ने गर्छन् । यो पर्वका अवसरमा इष्टमित्रहरुबीच भेटघाट गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment