Comments Add Comment

ढोरपाटन महिला भलिबलमा एपीएफ र पुलिसको विजयी सुरुवात

७ माघ, काठमाडौं । १४ औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सोमबार भएको खेलमा एपीएफले श्री गाँउ खेलकुद विकास समिति दाङलाई र पुलिसले सामाखुशी इंग्लिस बोर्डिङ स्कुललाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।

एपीएफले दाङलाई सोझो सेटमा पराजित गर्न सफल भयो । २५–२०, २५–११ र २५–८ को सोझो सेटमा एपीएफले दाङलाई पराजित गरेको हो ।

यता पुलिसले भने सामाखुशीलाई २५–१२, २५–१३ र २५–९ को सेटिमा पराजित गर्न सफल भयो ।

आजै दाङले आफ्नो पहिलो खेलमा भने जित हात पारेको थियो । दाङले सामाखुशीलाई २५–९, २५–१८ र २५–११ को सेटमा पराजित गरेको थियो । यता, विभागी टिम आर्मीले भने ढोरपाटन स्पोर्टस् क्लबलाई सोझो सेटमा पराजित गरेको छ । आर्मीले ढोरपाटनलाई २५–३, २५–७ र २५–४ को सेटमा पराजित गरेको हो । यो आर्मीको लगातार तेस्रो जित हो ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ । दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment