Comments Add Comment

न्यू माज्दा सीएक्स-५ सार्वजनिक

७ माघ, काठमाडौं । न्यू माज्दा सीएक्स-५ को प्रदर्शन गरिएको छ । पद्मश्री प्रालिले गत शुक्रबार आफ्नो ज्ञानेश्वर स्थित शोरुममा माज्दाको नयाँ मोडल एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।

कार्यक्रममा उपस्थिति भएकाहरुले माज्दाको नयाँ मोडललाई निकै मन पराएका कम्पनीको भनाइ छ ।  सन् २०१८ मा बेेष्ट कार अफ युएस अवार्डबाट सम्मानित यस कारले कार एण्ड ड्राइभरबाट बेष्ट कम्प्याक्ट क्रसओभर, एडमण्डबाट टप रेटेड एसयुआइआइएचएसबाट टप सेफ्टी पिक २०१८, बेष्ट कम्प्याक्ट एसयुभि तथा बेष्ट ट्रक्स/ एसयुभिबाट पनि सम्मानित भएको कम्पनी बताउँछ ।

चलाउन सहज तथा सुरक्षाका कारण पनि माज्दा कारले कार पारखीको मन जित्दै गएको कम्पनीको दावी छ । यसकोे इन्जिन २५०० सीसी र पावर १८७ एचपी रहेको छ ।

कम्पनीको भनाइ अनुसार स्टाइलिस र आकर्षक लुक्स तथा आरामदायी सिटका कारण न्यू माज्दा सीएक्स-५ ले आफ्नो छुट्टै पहिचान बनाइ सकेको छ ।

न्यू माज्दा सीएक्स-५ नयाँ सुरक्षा र प्रविधि सुविधाहरु जडित छ । बाहिरी डिजाइन जस्तै भित्र पनि स्मार्ट र उत्कृष्ट डिजाइनका कारणले यो एक उत्कृष्ट कार मध्ये पर्दछ । यसको माइलेज सहरमा १० किमि र हाइवेमा १४ किमि रहेको कम्पनी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment