Comments Add Comment

राष्ट्रिय हक्कीमा आर्मी र प्रदेश ३ को शुखद् सुरुवात

७ माघ, हेटौंडा । सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल आर्मी र ३ नम्बर प्रदेशले शुखद सुरुवात गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम आर्मीले प्रदेश नम्बर १ लाई ६–० गोल अन्तरले पराजित गरेको छ । दोश्रो खेलमा प्रदेश नम्बर ३ ले प्रदेश २ माथि २–० अन्तरको जित हात पारेको छ ।

नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगितामा आर्मीसँगै १, २ , ३, ४ र ७ प्रदेशको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment