Comments Add Comment

अजित र राजपुरालाई स्वर्ण

१८ फागुन, काठमाडौं । एपीएफ क्लबका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाईं मदन भण्डारी स्मृति ५ किलोमिटर सडक दौडमा पहिलो भएका छन् । खुलातर्फ पुरुषमा अजित र महिलामा राजपुराले स्वर्ण जितेका हुन् ।

अजितले निर्धारित दूरी तय गर्न १५ मिनेट ४९.१ सेकेन्ड समय खर्चे । दोश्रो तथा तेश्रो स्थानमा पनि एपीएफकै खेलाडी रहे । सन्तोषविक्रम विष्ट (१५ मिनेट ५९.८ सेकेन्ड) दोश्रो तथा खिमबहादुर खत्री (१६ मिनेट ३७.९ सेकेन्ड) तेश्रो भए ।

राजपुराले दौड पूरा गर्न १८ मिनेट १७ सेकेन्ड समय निकालिन् । काठमाडौंकी सन्तोषी श्रेष्ठ (१८ मिनेट २३.७ सेकेन्ड) ले रजत तथा एपीएफकी फुलमति रानाले -१९ मिनेट २१.१ सेकेन्ड) ले कांस्य जिते । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लबद्वारा संयुक्त आयोजित दौडको स्कुलतर्फ छात्रमा सिग्मा प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोश्रो र श्री गणेशका नवीनकुमार कार्की तेश्रो भए । उक्त स्पर्धाको छात्रामा प्राइम ग्लोबलकी जुनिल सुनुवारले स्वर्ण, जेसिजकी श्रयस्का सिल्पकारले रजत र पञ्चकन्याकी सोनु घतामीले कांस्य हात पारे । दुवै स्पर्धाका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेश्रोलाई ५ हजारका दरले नगद पुरस्कार प्रदान गरियो । दौड लैनचौरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो ।

कार्यक्रममा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी र सागको म्याराथनमा लगातार तीन स्वर्ण जितेका पूर्व धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो । दुवैलाई समान १०-१० हजार नगदसहित सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment