+
+

ज्योति बिरामी परेपछि विमलालाई विपत्

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ९ गते ९:२५

९ माघ, विराटनगर । श्रीमानले दोस्रो विवाह गरेर बेग्लै भएपछि विमलादेवी भण्डारीले विराटनगरमा डेरा बसेर जसोतसो छोर–छोरीलाई अध्ययन गराइरहेकी थिइन् । श्रीमानले छाडेको सात वर्षसम्म दैनिकी अभावबीच चल्दै थियो । विमलाको सानो जागिर थियो । १५ वर्षीया छोरी र छोरा मोर्डनएरा स्कुल विराटनगरमा पढ्दै थिए । तर, दुई सातायता विमलाको दैनिकमा बज्रपात आयो । एसईईको तयारी गरिरहेकी छोरी ज्योति गम्भीर बिरामी परिन् । रोग पहिचान गर्दा गर्दै उनीसँग भएको पैसा सकियो । रोग पत्ता लागेपछि उपचारमा आर्थिक अभाव भएको छ ।

मस्तिक्सको देब्रो पट्टीको नसा च्यापिएर शरीरको एकभाग पक्षघात भएपछि ज्योतिलाई नोबेल मेडिकल कलेज विराटनगरको पीआईसीयू कक्षमा राखेर उपचार गरिरहेको छ । विपन्न परिवारकी विमलालाई छोरीको उपचारमा खर्च जुटाउन समस्या परेको हो । ‘म्याजिक चप्पल उद्योगमा जागिर गर्थे जसोतसो दैनिकी चलेकै थियो ।’

विमलाले भनिन्, ‘छोरी बिरामी परेपछि काममा जान पाइनँ, भएको पैसा सबै सकियो ।’

डेढसाता यता नोबेल मेडिकल कलेज विराटनगरको पीआईसीयूमा उपचाररत भण्डारीको उपचारका लागि आर्थिक अभावपछि सहयोग गरिदिन उनले आग्रह गरेकी छन् ।

विराटनगर मुनालपथस्थित डेरामा आमा र भाइँसगै बस्दै आएकी ज्योतिको बेला बेला टाउकोको देब्रो पाटो दुख्ने गथ्र्यो । विराट नर्सिङहोममा परीक्षण गराउँदा केही रोग देखिएन ।

रोग पहिचान गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा चार दिन उपचार गर्दा पनि रोग पत्ता लागेन् । नोबेल मेडिकल कलेजमा परीक्षण गर्दा टाउकोको नशा च्यापिएर पक्षघात भएको रिपोर्ट आयो । ‘डेढसाता भयो अस्पतालमा बसेको, छोरीको उपचार गर्ने खर्च छैन्’ भण्डारीले भनिन ‘आयस्रोत केही छैन्, जग्गा जमिन भए बेचेर छोरीको उपचार गर्थे ।’ सम्पत्ति नभएका कारण उपचार गर्न नसकेको उनले बताइन् ।

विमलाका छोरा–छोरीलाई मोर्डनएरा स्कुलले छात्रावृत्तिमा अध्यापन गराउँदै आएको छ । आर्थिक अवस्था कमजोर भएका कारण स्कुलले पनि शुल्क लिएको छैन् । एसईई तयारी गरिरहेकी विद्यार्थी ज्योति बिरामी भएपछि स्कुलले पनि सहयोग गरेको थियो ।

‘सरहरुले सहयोग नगरेको भए छोरीलाई यहाँ ल्याउन सक्ने थिएन्’, विमलाले भनिन्, ‘एक दिनको औषधि उपचार खर्च २० हजार हाराहारी पुग्छ ।’ भण्डारीले आफूसँग नभएका कारण अस्पताल र औषधि पसलको बाँकी रकम तिर्न नसकेको गुनासो गरिन् ।

ज्योतिको उपचारका लागि विराटनगरका युवाहरुले चटपटे र पानीपुरी बेचेर संकलन गरेको ३५ हजार ७ सय ५० रुपैयाँ सहयोग गरेका हुन् । विराटनगर बुधहाट चोकमा पानी पुरी बेचेर संकलन भएको रकम हस्तान्त्रण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?