Comments Add Comment

बिकिनी लगाएर पहाड चढ्ने सुन्दरीको चिसोबाट मृत्यु (फोटो फिचर)

मुटु नै कमाउने चिसो पहाडको पदमार्गहरुमा बिकिनी लगाएर यात्रा गर्ने ताइवानी एक चर्चित पदयात्री युवतीको मृत्यु भएको छ ।

बिकिनीमा पदयात्रा गरेका सेल्फी पोष्ट गरेर चर्चामा आएकी गिगी वू नामकी ती युवतीको पदयात्राकै क्रममा ६५ फिट गहिरो खाडलमा खसेर चिसोका कारण मृत्यु भएको हो । ताइवान राष्ट्रिय निकुञ्जभित्र यो दुर्घटना भएको हो ।

३६ वर्षकी गिगी यसपटक ताइवानको युशान पहाडको २५ दिने पदयात्रामा थिइन् । जनवरी ११ मा उनी एक्लै पहाड चढ्न सुरु गरेकी थिइन् ।

पहाडबाट तल खोँचमा खसेर गम्भीर घाइते भएकी गिगीले १९ जनवरीका दिन स्याटेलाइट फोनमार्फत कल गरी आफ्ना साथीहरुसँग गुहार मागेकी थिइन् ।

उनले उद्धारकर्मीहरुलाई पनि फोन गरेकी थिइन् । तर खराब मौसमका कारण उनको उद्धार हुन सकेन । उद्धारकर्मीहरुले उद्धारका लागि हेलिकप्टर पठाएपनि मौसम खराब भएका कारण हेलिकप्टर अवतरण हुन सकेको थिएन । त्यसपछि प्रशासनले दुईवटा उद्धार टोलीलाई पैदलै समेत पठाएको थियो । तर उक्त टिम केवल २८ घण्टापछि मात्र घटनास्थलमा पुग्यो । त्यस बेलासम्म अत्यधिक चिसोका कारण हाइपोथर्मिया भएर उनको मृत्यु भैसकेको थियो ।

चिसोका कारण मृतक गिगी को लास जमेको अवस्थामा पाइएको थियो । सोमबार उनको शव खोँचबाट बाहिर निकालिएको थियो ।

यसअघि पनि गिगी विभिन्न समयमा पदयात्राका क्रममा घाइते हुने गरेकी थिइन् । गत क्रिसमसका बेला समेत उनी दुर्घटनामा बालबाल बँचेकी थिइन् । तर यो पटक उनलाई भाग्यले साथ दिएन र पहाडको खोँचमा ज्यान गुमाउन पुगिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment