Comments Add Comment

फेसबुक मेसेन्जरको नयाँ भर्सन, के छन् विशेषता ?

सोसल मिडिया प्लाटफर्म फेसबुकले आफ्नो मेसेजिंग एप मेसेन्जरको रि–डिजाइन गरी नयाँ स्वरुपमा लञ्च गरेको छ ।

नयाँ इन्टरफेस तथा अपडेटका साथ पेश गरिएको मेसेन्जरको नयाँ भर्सनलाई एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सक्दछन् ।

अघिल्लो वर्ष मे मा आयोजित फेसबुकको एफ एट डेभलपर कन्फ्रेन्समै मेसेन्जरको रिडिजाइनको घोषणा गरिएको थियो । मेसेन्जरमा च्याट फिचरलाई पहिले भन्दा धेरै सरल बनाउने फेसबुकले बताएको थियो ।

नयाँ मेसेन्जरमा अब ९ वटाको साटो केवल ३ वटा मात्र ट्याब देखा पर्नेछन् । साथै इन्टरफेसमा धेरै बाइट स्पेस समेत देखिनेछ । यतिमात्र होइन, च्याटबक्समा गेम, बट्स तथा रिमाइन्डरका लागि हिडन बटन पनि दिइएको छ ।

फेसबुकका अनुसार सबै मेसेन्जर प्रयोगकर्तासम्म यो अपडेटेड भर्सन पुग्नका लागि केही समय लाग्न सक्दछ । स्मरण रहोस् फेसबुकले सन् २०१४ मा मेसेन्जर एप लञ्च गरेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment