Comments Add Comment

मुस्ताङमा कालिगण्डकी थुनियो

९ माघ, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा कालीगण्डकी नदी थुनिएको छ ।

बुधबार विहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा किनारको २/३ सय मिटर जमिन भासिएर नदी थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

भूकम्पले चिरा चिरा परेको पहाडमा सुख्खा पहिरो गएपछि माटो र रुख विरुवा झरेपछि नदी थुनिएको हो ।

नदीको एकापट्टिको किनार थुनिएर २ सय मिटर फराकिलो ताल बनेको छ भने अर्को तर्फको किनारबाट पानी बगिरहेको क्षेत्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र पोखराले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार नदी थुनिएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पुगिसकेका छन् ।  उनीहरुले पहिरोसँगै झरेको रुखहरु हटाएपछि नदीले माटो बगाउन थालेको छ । ‘सुरक्षाकर्मीहरुले रुखविरुवा हटाएपछि पानी बग्न थालेको छ, त्यस्तो खतरा केही छैन’ उनले भने ।

नदीमा थुप्रिएको माटो पन्छाउन एक्साभेटर मगाइएको पनि प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment