Comments Add Comment

तारादेवी फाउन्डेसनलाई काठमाडौं महानगरको १० लाख सहयोग

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले तारादेवी स्मृति फाउन्डेसनलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । स्वरकिन्नरी तारादेवीको तेह्रौ पुण्य स्मृतिमा राष्ट्रिय सभागृहमा आयोजित ‘सम्झनामा तारादेवी’ सांगीतिक कार्यक्रमका बीच महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले फाउन्डेसनका अध्यक्ष दीपक केसीलाई चेक हस्तान्तरण गरे ।

उक्त रकम फाउन्डेसनको अक्षयकोषमा जम्मा हुनेछ । कार्यक्रममा प्रमुख शाक्यले महानगरपालिकाको प्राथमिकता पूर्वाधारमा भएपनि कला, संस्कृति, साहित्य, सृजनालाई पनि प्रोत्साहन गर्न सहयोग गरेको बताए ।

‘तारादेवीले छोडेर जानुभएको पुँजी बचाउनुलाई दायित्व सम्झेर हामीले अक्षय कोषका लागि सहयोग गर्ने निर्णय गरेका हौं’, उनले भने ।

कार्यक्रममा विभिन्न गायक गायिकाहरुले तारादेवीका १४ वटा गीत प्रस्तुत गरेका थिए । तारादेवी वि.सं. २००२ साल माघ २ गते काठमाडौको इन्द्रचोकमा जन्मेकी हुन् ।  २०६२ साल माघ १२ गते उनकाे निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment