Comments Add Comment

सोनिया गान्धीकी छोरी सक्रिय राजनीतिमा, उत्तर प्रदेशको महासचिव नियुक्त

९ माघ, काठमाडौं । भारतीय कांग्रेस पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीकी छोरी प्रियंका औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी छन् । उनी बुधबार भारतीय कांग्रेस पार्टीको पूर्वी उत्तर प्रदेश राज्य समितिको महासचिवमा नियुक्त भएकी हुन् ।

उनले आउँदो फ्रेब्रुअरी महिनाको पहिलो हप्तादेखि आफ्नो जिम्मेवारी सुरु गर्नेछिन् । ४७ वर्षकी गान्धी भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीकी बहिनी हुन् । बहिनीको नियुक्तिबारे टिप्पणी गर्दै राहुलले भनेका छन् ‘म धेरै खुशी छु कि मेरी बहिनी प्रियंकाले मलाई उत्तर प्रदेशमा लोकसभा निर्वाचनमा सघाउनेछिन्, उनी धेरै क्षमतावान छिन् ।’

कांग्रेसले आगामी लोकसभा निर्वाचनलाई लक्षित गरेर उनलाई नियुक्त गरेको हो ।  पूर्वी उत्तरप्रदेश ४० वटा लोकसभा निर्वाचन क्षेत्र छन् । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री योगी आदित्यनाथको चुनाव क्षेत्रसमेत पर्छ । यसै प्रदेशबाट निर्वाचित केन्द्र सरकारमा १० जना मन्त्रीसमेत छन् ।

गान्धी परिवारका राहुल गान्धी र सोनिया गान्धीको चुनाव क्षेत्र पनि भारतीय कांग्रेसको पूर्वी उत्तर प्रदेश समिति अन्तर्गत नै पर्छ ।

प्रियंकाले पार्टीमा कुनै जिम्मेवारी लिएको यो पहिलो पटक हो । उनी यसअघि चुनावी अभियानका क्रममा राहुल गान्धी र सोनिया गान्धीको चुनाव क्षेत्रमा पुगेकी थिइन् । जहाँ उनलाई गान्धी परिवारकी छोरीको रुपमा चिन्छन् । जहाँ उनलाई सधैं कांग्रेसका शुभचिन्तकहरुले सक्रिय राजनीतिमा आउन आग्रह गरिरहन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment