Comments Add Comment

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

१८ फागुन, काठमाडौं । पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) का अनुसार, पेरूको अजाङगारो शहरबाट करिब २७ किलोमिटर उत्तरपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ ।

पेरूको छिमेकी राष्ट्र इक्वेडरमा पनि ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा नौ जना घाइते भएका थिए भने कतिपय भवनमा आंशिक क्षति भएको थियो । तर उक्त भूकम्पबाट पेरूमा क्षति भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment