+
+

उत्तरी गोरखामा २ फिट हिउँ जम्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ९ गते १९:१७

९ माघ, गोरखा । उत्तरी गोरखाको अधिकांश ठाउँमा हिमपात भएको छ । मंगलबार रातिदेखि लगातार हिमपात भइरहेको चुमनब्री गाउँपालिका–२ का वडाध्यक्ष पेम्बा रेताले बताए । ‘सामागाउँमा करिब दुई फिट जति हिउँ परेको छ,’ उनले भने, ‘अन्य ठाउँमा पनि हिउ परिरहेको छ !’

लगातारको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ‘हिउँ परिरहेको छ, बाहिर निस्कनै सकेका छैनौं, घरमै आगो तापेर बस्ने काम मात्र भएको छ,’ उनले भने । दैनिक कामकाजसमेत प्रभावित बनेको उनले बताए । हिमपातकै कारण पानी जम्न थालेको छ । हिउँ जमेकै कारण धारामा पानी आउन नसकेको स्थानीयले बताएका छन् ।

हिमपातकै कारण लाप्राकको मणिकामदेवी माविको पठनपाठन प्रभावित बनेको छ । लगातारको हिमपातका कारण चिसो बढेसँगै पठनपाठन प्रभावित बनेको बिद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले बताए । ‘यहा एक फिट जति हिउँ परेको छ, चिसो पनि अत्याधिक बढेको छ,’ उनले भने ।

हिमपातकै कारण लाप्राकको गुप्सीपाखामा निर्माणधिन एकीकृत नमूना बस्तीको कामसमेत प्रभावित बनेको छ । लगातार हिउँ परिरहेकाले काम गर्न नसकिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

उत्तरी क्षेत्रमा हिमपात सँगै जिल्लाको तल्लो भेगमा बर्षात शुरु भएको छ । मंगलबार रातिदेखि बर्षा सुरु भएको हो । बर्षासँगै तल्लो भेगका स्थानीयहरुको पनि जनजीवन प्रभावित बनेको छ ।

वर्षाका कारण किसानहरु भने खुशी भएका छन् । जिल्लाका अधिकांश ठाउँमा सिञ्चाई सुविधा नपुगेको अवस्थामा वर्षाले हिउँदे बालीलाई पानीको आवश्यकता पूरा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?