Comments Add Comment

गोविन्द केसीसँगको सम्झौता कार्यान्वयन गर्न जनमोर्चाको माग

१० माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारसँग माग गरेको छ ।

विगतका सम्झौता कार्यान्वयन गर्न सरकारले आनाकानी गर्दा अहिलेको अप्रियस्थित उत्पन्न भएको भन्दै जनमोर्चाले त्यसको पालना गर्न आग्रह गरेको छ ।

डा. केसीसँगको सम्झौता कार्यान्वयन नहुँदा सरकारको विश्वसनियतामाथि नै शंका उत्पन्न भएको जनमोर्चाको निश्कर्ष छ ।

‘वास्तवमा यो उहाँको व्यक्तिगत समस्या नभएर स्वास्थ्य–चिकित्सासम्बन्धी राष्ट्रिय महत्वको विषय हो । हामी उहाँसँग भएको सम्झौताअनुसार नै शिक्षा, स्वास्थ्यसम्बन्धी विधेयक पारित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ’, पार्टी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment