Comments Add Comment

वर्षाले इँटा उद्योगमा ४५ लाखको क्षति

१० माघ, कावासोती । नवलपुरमा वर्षाका कारण यहाँ रहेका इँटा उद्योगमा रु ४५ लाख बराबरको क्षति भएको छ ।

वर्षाका कारण नवलपुरमा रहेका नौ वटा इँटा उद्योगमा सुकाइएको काँचो इँटा बिग्रिदा ४५ लाख रुपैयाँ बराबरको क्षति पुगेको नवलपुर इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी दिए ।

अध्यक्ष महर्जनका अनुसार यहाँ रहेका प्रत्येक उद्योगमा करीब दुई लाखका दरले काँचो इँटा पानीका कारण नष्ट भएको हो । पानीका कारण १८ लाख इँटा नोक्सानी भएको उनले बताए । क्षति भएको इँटा आगोको भट्टीमा प्रयोग गर्न नमिल्ने र पुनःमाटोको रुपमा प्रयोग गरी नयाँ इँटा बनाइने अध्यक्ष महर्जनले जानकारी दिए ।

इँटालाई आगोमा पकाउनुपूर्व केही दिनसम्म घाममा सुकाउनुपर्ने हुन्छ । तयारी अवस्थामा रहेका सुकाएका इँटामा अकस्मात् परेको वर्षाका कारण क्षति पुगेपछि इँटा उद्योगी चिन्तित बनेका छन् ।

यस्तै वर्षाका कारण नवलपुरमा लगाइएको तोरी खेतीमा समेत नोक्सान पुगेको छ । पाकेर थन्काउने अवस्थामा रहेको तोरीमा वर्षाका कारण नोक्सान पुर्‍याएको कृषक मदन पौडेलले बताए । तोरी उखेलेर सुकाएको अवस्थामा खेतमै रुझेपछि बोटबाट तोरीका दाना झर्ने, पानीका कारण दान फुल्ने हुँदा तेल कम निस्कने कृषक पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment