Comments Add Comment

जब बाघले बाघलाई नै मारेर खायो

बाघले अरु जनावरको सिकार गरेर खानु त नियम नै हो । तर भारतमा एउटा बाघले अर्को बाघलाई मारेर खाएको छ । बाघले बघिनीको बच्चा आक्रमण गरी मार्ने कुरा त सुनिएको थियो । तर मध्य प्रदेशको कान्हा राष्ट्रिय निकुञ्जमा एउटा वयस्क बाघले अर्को वयस्क बाघलाई मारेर खायो ।

यस्तो घटना निकै दुर्लभ भएको वन्यजन्तुकर्मीहरुले बताएका छन् । वयस्क बाघको सिकार गर्ने अर्को बाघ भाले वा पोथी के हो ? भन्ने कुरा पत्ता लागि नसकेको बताइएको छ । साथै मर्ने बाघको लिंग पनि छुट्टिएको छैन ।

वैज्ञानिक भाषामा आफ्नै प्रजातिको जीवलाई मारेर खानुलाई क्यानिबलिजम भनिन्छ । मानिसमा यस्तो व्यवहार हुनु अस्वभाविक नै हुन्छ भने अन्य जीवजन्तुमा पनि यो निकै दुर्लभ नै हुन्छ ।

बाघविज्ञका अनुसार एउटा बाघले अर्को बाघको मासु खाने घटना निकै खतरनाक भिडन्त पछिको अवस्था हो । दुई बाघबीचमा कडा लडाइँ भएपछि कहिलेकाहीँ जित्ने वालाले हार्नेलाई मार्दछ र रिसको झोँकमा मरेको बाघलाई नै खाइदिन्छ । वास्तवमा जित्ने बाघले हार्नेको मासु आफ्नो भोक मेटाउन भन्दा पनि रिस शान्त पार्नका लागि खाने गरेको विज्ञहरुको भनाइ छ । कहिलेकाहीँ मारेको बाघलाई खानुको साटो लासलाई क्षतविक्षत बनाएर छाड्ने गरेको पनि पाइएको छ ।

धेरै रिसाहा तथा तनावमा रहेको अवस्थामा पनि बाघले अर्को बाघलाई मारेर खानसक्ने बताइन्छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment