काठमाडौं । भारतमा हुने ‘फोर नेशन टुर्नामेन्ट’ का लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
प्रशिक्षक हरि खड्काले नेपाल र भारतसहित म्यानमार र श्रीलंकाबीच हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यसलाई महिला साफ च्याम्पियनसिपको तयारीका रुपमा लिइएको छ ।
प्रतियोगिता ७ फेब्रुअरीदेखि १७ फेब्रुअरीसम्म भारतको भुवनेश्वरमा हुनेछ ।
साफ च्याम्पियनसिप मार्च १२ देखि २२ सम्म नेपालकै विराटनगरमा हुने तयारी छ । जसमा नेपाल, बंगलादेश, भुटान र पाकिस्तानसहित समूह ए मा छ ।
‘साफअघि नेपाली टिमका लागि भारतमा हुने प्रतियोगिताले राम्रो अनुभव दिनेछ’ प्रशिक्षक खड्काले भनेका छन् ।
प्रशिक्षक खड्काले भारत भ्रमणपछि नै २३ सदस्यीय टोलीबाट साफका लागि अन्तिम २० जना छनोट गर्ने बताएका छन् ।
को को छन् नेपाली टिममा ?
गोलकिपर – अन्जना राना मगर, उषा नाथ, एञ्जिला सुब्बा ।
डिफेन्डर – हिरा भुजेल, गिता राना, पुनम मगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पूजा राना, मनमाया लिम्बु ।
मिडफिल्डर – बिमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी ।
फरवार्ड – अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी ।
प्रतिक्रिया 4