+
+

‘साङ्लो’मा मिस नेपाल निकिता र विराजको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १२ गते ११:१४

काठमाडौं । नायक विराज भट्टको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘साङ्लो’का लागि नायिका फाइनल भएकी छिन् । विराजको पनि मुख्य भूमिका रहने यस चलचित्रमा विराजको जोडी भएर मिस नेपाल २०१७ की विजेता निकिता चन्दक देखिने भएकी छिन् ।

शुक्रबार मात्रै विराज भट्ट र निकिताबीच औपचारिक लिखित सम्झौता भएको हो । चलचित्रको क्यारेक्टरले नै निकितालाई खोजेपछि उनलाई चलचित्रमा अनुबन्धित गरिएको विराजले बताए । उनले भने, ‘चलचित्र भित्र एकदमै बोल्ड, कन्फिडेन्ट, ड्यासिङ भूमिकाको केटी चाहिएको थियो । त्यसको लागि सोच्दा निकिता पर्फेक्ट लाग्यो । त्यसैले नै उहाँलाई लिएको हुँ ।’ चलचित्रमा नायिकाको भूमिका नायकको जत्तिकै भएको विराजले बताए ।

यसअघि निकिताले चलचित्र ‘रानीमहल’मा काम गरेकी थिइन् । तर, उक्त चलचित्र आधा छायांकन नसकिँदै रोकिएको छ । लामो समय छायांकन रोकिएपछि निकिताले उक्त चलचित्र छोडेको समेत बताएकी छिन् ।

चैतको पहिलो साताबाट छायांकनमा जाने यस चलचित्रलाई नायक विराज भट्टले नै निर्माण गर्न लागेका हुन् । विराजकै कथा समावेश यस चलचित्रको हाल प्रि-प्रोडक्सनको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?