Comments Add Comment

माधव नेपालको स्पष्टीकरणः मेरो र प्रधानमन्त्रीकै पहलमा एसिया प्यासिफिक समिट भएको हो

१२ माघ, पोखरा । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विवादास्पद एसिया प्यासिफिक समिट आफू र प्रधानमन्त्रीको पहलमा भएको स्वीकार गरेका छन् । सम्मेलनका क्रममा उनले धर्म प्रचार नभएको भन्दै भ्रम नपाल्न आग्रह गरे ।

विवादास्पद सम्मेलनमा सरकार र पार्टी नेतृत्वको सहभागितालाई लिएर नेकपाकै पछिल्लो स्थायी कमिटी बैठकमा बहुसंख्यक नेताहरुले आलोचना गरेका थिए । तर, शनिबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेकपा वरिष्ठ नेता नेपालले भने, ‘समिटमा सहभागी भएर हामीले कुनै अपराध गरेका छैनौं ।’

आफूहरुले निम्तो नगरेको भए अन्य देशका विशिष्ट व्यक्ति आउने थिएनन् भन्दै उनले भने, ‘प्रधानमन्त्रीले निम्तो नगरेका भए अन्य देशका राष्ट्रपति, प्रधानमन्त्री आउने थिएनन्, सभामुखले निम्तो नगरेको भए अन्य देशका सभाुमखहरु आउने थिएनन् । अनि मैले निम्तो नगरेको भए अन्य देशका पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, मन्त्रीहरु आउने थिएनन् । हो प्रधानमन्त्रीकै आग्रहमा मैले विशिष्ट पाहुनाहरुलाई ल्याउने, यहाँ राख्ने काम गरेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment