Comments Add Comment

वेष्ट इन्डिजसँग इंग्ल्यान्डको लज्जास्पद हार

Photo Credit : ICC

१३ माघ, काठमाडौं । पहिलो टेष्ट क्रिकेट खेलमा वेष्ट इन्डिजसँग इंग्ल्यान्डले लज्जास्पद हार ब्यहोरेको छ ।

घरेलु टोली वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ३८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । ६२८ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा २४६ रन मात्रै बनाउन सकेपछि वेष्ट इन्डिजले शानदार जित हात पारेको हो ।

इंग्ल्यान्डका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । रोरी बुर्नसले ८४ रन बनाएपनि अन्य खेलाडीभने सस्तैमा समेटिए । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा वेष्ट इन्डिजका रोस्टन च्यास एकलैले आठ विकेट लिए ।

यसअघि आफ्नो पहिलो इनिङ्समा झनै इंग्ल्यान्डले खराब प्रदर्शन गरेको थियो । इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा ७७ रन मात्रै बनाएको थियो ।

यता, वेष्ट इन्डिजले भने आफ्नो पहिलो इनिङ्समा २८९ रन बनाएको थियो । तर दोस्रो इनिङ्समा भने उत्कृष्ट प्रदर्शन गर्दै वेष्ट इन्डिजले ४१५ रन बनाएपछि इंग्ल्यान्डले ६२८ रनको चुनौती पाएको थियो ।

दोस्रो इनिङ्समा वेष्ट इन्डिजका कप्तान जासोन होल्डरले दोहोरो शतक बनाएका थिए । उनले अविजित २०२ रन बनाए । त्यस्तै, शान डोव्रिचले पनि शतक प्रहार गर्दै अविजित ११६ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment