Comments Add Comment

‘क्याप्टेन’ गीतमा भूवन र अनमोलसँग निरुताको छमछमी

नायिका निरुता सिंहले केही समय अगाडि एउटा कार्यक्रममा नायक अनमोल केसीसँग काम गर्ने चाहना व्यक्त गरेकी थिइन् । जतिबेला, निरुताले कुनै पनि नेपाली चलचित्रमा काम गरेकी थिइनन् । अब, उनै निरुताले नायक अनमोल केसीसँग काम गर्ने भएकी छिन् । फागूणको १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘क्याप्टेन’मा एक गीत समावेश गरिएको छ, जसको छायांकन केही दिनमा हुनेछ ।

यो गीतको छायांकनका लागि निरुता नेपाल आएकी हुन् । चलचित्र ‘दाल भात तरकारी’को छायांकन सकेर केही दिन अगाडि मात्र मुम्बई पुगेकी निरुता नायक अनमोल केसीको आग्रहपछि ‘क्याप्टेन’ गीतमा नृत्य गर्न तयार भएकी हुन् ।
यो गीतमा नायक अनमोल केसी र नायिका निरुता सिंहको साथमा नायक भूवन केसीले पनि नृत्य गर्दैछन् ।

भूवनले ८ बर्षपछि चलचित्रमा काम गर्न लागेका हुन् । त्रिभुवन विमानस्थलमा निरुतालाई लिन पुगेका नायक केसीले भने–‘अनमोलले आग्रह गरेपछि निरुता नेपाल आएकी हुन् । हामी ३ जनाको केमेष्ट्रीलाई दर्शकले मन पराउनुहुनेछ भन्नेमा विश्वस्त छु ।’

नायिका निरुता सिंहले आफूले २५ बर्ष अगाडि भूवन केसीकै चलचित्र ‘दक्षिणा’बाट यो क्षेत्रमा पाइला चालेको बताइन् । उनले हाँस्दै भनिन्–‘२५ बर्ष अगाडि बाबुसँग, अब छोरासँग रोमान्स गर्दैछु ।’ नायक अनमोल केसीलाई फूटबल खेलाडीको भूमिकामा देखाइएको चलचित्रमा उपासना सिंह ठकुरी र प्रियंका एमभी मुख्य नायिकाको रुपमा छन् । दिवाकर भट्टराइले यो चलचित्रलाई निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment