Comments Add Comment

अनुपको ‘कप्स’ चैत्रमा

नायक अनुप विक्रम शाहीले लगालग चलचित्रमा काम गर्दा उनको क्रेज यो क्षेत्रमा खासै बनेको छैन । धेरै चलचित्रमा काम गरेपनि उनका चलचित्रले बक्स अफिसमा त्यस्तो कमालको व्यापार गर्न सकेका छैनन् । यसैले, अनुपले अब एउटा चलचित्रको काम नसकी अर्कोमा काम नगर्ने बताउँदै पनि आएका छन् ।

उनै, अनुपलाई प्रहरी अफिसर्सको भूमिकामा देखाइएको चलचित्र ‘कप्स’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र चैत्र ८ गतेबाट रिलिज हुने यसको निर्माणपक्षले बताएको छ । यो चलचित्रमा अनुप डीएसपीको भूमिकामा देखिएको छ ।

यो चलचित्रमा नव–कलाकार सन्दिपा लिम्बुको पनि मुख्य भूमिका छ । साथमा, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको मुख्य भूमिका छ । आर्या मुभिज र सारा श्री मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता राम शाक्य हुन् । एक्सन तथा लभ स्टोरी कथामा यो चलचित्र बनेको छ ।

सम्राट सापकोटाले यो चलचित्रको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment