Comments Add Comment

पूर्वीचौकी गाउँपालिकाले किन्यो बस र डोजर

१३ माघ, डोटी । पूर्वीचौकी गाउँपालिकाले चौखुट्टेदेखि सिलगढी बस सेवा सुरु गरेको छ ।

अछामको चौखुट्टेदेखि सदरमुकाम सिलगढीसम्मका लागि गाउँपालिकाले दुई बस सञ्चालन गरेको छ । बस सेवा सञ्चालन भएपछि पूर्वीचौकीका जनतालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए ।

बिहान, दिउँसो र बेलुका गरेर बस सेवा सञ्चालन हुने प्रशासकीय अधिकृत बिनोद सापकोटाले जानकारी दिए ।

उक्त गाउँपालिकाले एक्साभेटर सेवा पनि सुरु गरेको छ । गाउँपालिकाभित्र सडक विस्तार मर्मत तथा सुधार गर्नका लागि आफ्नै डोजर पनि ल्याइएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले जानकारी दिइन् ।

सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो । दुई बस ३५ सिट क्षमताका ८१ लाख ७६ हजार र एक एक्साभेटर एक करोड २३ लाख ४५० को लागतमा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment