+
+

दुर्घटना न्युनिकरण गर्न रुपन्देहीमा टिपरलाई टाइमकार्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १३ गते १७:४१

१३ माघ, बुटवल । टिपरको तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै नियन्त्रणका लागि ट्राफिक प्रहरीले रुपन्देहीमा टाइमकार्ड लागू गरेको छ । ट्राफिक प्रहरीले अन्ततः दुर्घटना न्यूनिकरणतर्फ आइतबारदेखि नै लागू हुनेगरी नयाँ नियमसमेत लागू गरेको हो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले पाल्पाको सिद्धबाबादेखि भैरहवा, कपिलवस्तुको गोरूसिंगेदेखि बर्दघाटसम्म चल्ने टिपरलाई समय निर्धारण गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बजार क्षेत्र र हाइवेमा टिपरको गति तीब्र भएपछि त्यसको नियन्त्रणका लागि अभियान थालिएको बताए ।

डीएसपी बुढाथोकीले भने, ‘पाल्पाको सिद्धबाबादेखि बुटवल धागो कारखानासम्मको ७ किलोमिटर दुरी २१ मिनेटमा पुग्नुपर्छ,२१ मिनेटभन्दा छिटो पुगे कारवाही हुन्छ ।’

टाइमकार्ड अनुसार चालकहरुले टिपर र ट्रक नचलाएमा कारवाही गरिने छ । टाइमकार्डअनुसार अब सडकमा टिपर र ट्रक गुडाउँदा ३० को स्प्रीड भन्दा बढी स्प्रीडमा गुडाउन पाइने छैन, भने चालकले तोकेको स्थानमा अनिवार्य टाइमकार्ड देखाइ इन्ट्री गर्नुपर्ने छ ।

सुनवलदेखि बर्दघाट ३४ मिनेट, सिद्धबाबादेखि मंगलापुर ३० मिनेट, मंगलापुरदेखि अञ्चलपुर भैरहवा १८ मिनेट, कपिलवस्तुको गोरूसिंगेदेखि सैनामैना मुर्गिया ६४ मिनेट, मुर्गियादेखि धागो कारखानासम्म ४० मिनेट र मुर्गियादेखि तिलोत्तमा मंगलपुरसम्म ४८ मिनेट लगाउनुपर्ने ट्राफिक प्रहरीको टाइम टेवलमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?